Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

वडाहरुसंग जनकपुरधाम उपमहानगरले माग्यो निजि विद्यालयहरुको विवरण





जनकपुरधाम ।
जनकपुरधाम उपमहानगरपालिकाले वडाहरुसंग निजि विद्यालयहरुको विवरण मागेको छ । उपमहानगरको शिक्षा तथा खेलकुद शाखाले एक पत्र लेख्दै वडाभित्र संचालनमा रहेका निजि विद्यालयहरुको विवरण माग गरेको हो ।
उपमहानगरको गत पुस २ गतेको बैठकबाट वडाहरुसंग निजि विद्यालयहरुको विवरण माग गर्ने निर्णय गरिएपनि सो अनुसार विवरण उपलब्ध नगराइएकाले पुन फागुन ४ गते पत्र लेख्दै ३ दिन भित्र विवरण उपलब्ध गराउन वडाहरुलाई भनिएको छ । यसका साथै विवरण संकलन गर्दा ती विद्यालयहरुको अनुगमन गरी कति कक्षासम्मको अनुमति लिएको, कति कक्षासम्म संचालन भईरहेको, विद्यालय संचालनकालागि नियमानुसार अनुमति लिए नलिएको विवरण समेत उल्लेख गर्न जनकपुरधाम उपमहानगरको शिक्षा तथा खेलकुद शाखाका प्रमुख धीरेन्द्र लाल कर्णद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ ।