

जनकपुरधाम ।
विदेह नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दीपेन्द्र कुमार साहले ८३ बढी कर्मचारीलाई बर्खास्त गरेका छन् । सो नगरपालिकामा नगरप्रमुख र प्रमुख प्रशासकिय अधिकृतबीचको विवाद बढिरहेको समयमा ८३ जना कर्मचारीलाई बर्खास्त गरिएको हो ।
प्रमुख प्रशासकिय अधिकृत साहले नगर प्रहरी, डोर हाजिरी, नयाँ नियुक्ति लगायतमा राखिएका कर्मचारीहरुलाई बर्खास्त गरेका हुन् । नगर प्रहरी तर्फ असईदेखि प्रहरीसम्म १२ जना, नया नियुक्ति तर्फ १० जना, डोर हाजिरी तर्फ ३५ जना, करार सेवा तर्फ ६ महिना अवधी भएका २० जना र करार सेवा तर्फ नै १ वर्ष अवधि भएका ६ जनालाई पत्र लेख्दै खारेज गरेका हुन् ।
त्यस्तै स्थायी कर्मचारी तर्फ छैठौँ तहका कर्मचारी दानी ठाकुर र स्टोरका कर्मचारी भुला यादवलाई ५ वर्षकालागि ग्रेडबृद्धि रोक्काका लागि सिफारिश गरेको प्रमुख प्रशासकिय अधिकृत साहले मोडेल खबरलाई जानकारी दिए ।
नयाँ नियुक्त गरिएका १० कर्मचारी हटाइएको छ, उनले भने ‘नयाँ कर्मचारी नियुक्त गर्नलाई परीक्षा लिइँदा अवजेक्टिभ प्रश्नहरुको प्रश्न पत्र बाहिरिएको गुनासा आउन थालेपछि नयाँ नियुक्त गरिएका कर्मचारीहरु हटाएको हुँ ।’ त्यस्तै कार्यविधि मिचेर करार कर्मचारी राखिएको र राज्यकोषको दुरुपयोग हुने गरी डोर हाजिरीमा कर्मचारी राखिएको उनीहरुको नियुक्ति समेत हटाइएको प्रमुख प्रशासकिय अधिकृत साहले बताए ।
