Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

उपेन्द्र यादवको चेतावनी– भूमि सम्बन्धि अध्यादेश फिर्ता नलिए बाँकी अध्यादेशमा पनि समर्थन गर्दैनौँ





काठमाडौँ ।
सत्तारूढ दलले पाँचवटा अध्यादेश संसदमा प्रस्तुत गर्ने तयारी गरिरहेका बेला जनता समाजवादी पार्टी नेपालले भूमिसम्बन्धी अध्यादेश फिर्ता लिनुपर्ने बटमलाइन रहेको बताएको छ ।
आफ्नो अडान कार्यान्वयन नभई सत्तापक्षले अघि बढाउने कुनै पनि अध्यादेशको पक्षमा उभिन नसक्ने सो पार्टीका अध्यक्ष उपेन्द्र यादव बताउँछन् । माघ १८ गते संसदमा पेस भएका ६ वटा अध्यादेशमध्ये जसपा नेपालले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ मा आपत्ति जनाएको छ ।
जसपा नेपालकै साथ नपाएपछि सरकारले भूमिसम्बन्धी अध्यादेश तत्काल अघि नबढाउने निर्णय गरिसकेको छ । सरकारलाई समर्थन गर्ने पाँच दलको शनिबार बसेको बैठकले भूमिसम्बन्धी अध्यादेश छाडेर अन्य पाँच अध्यादेश पारित प्रक्रिया अघि बढाउने निर्णय लिएको थियो ।
तर, त्यसप्रति यादवले असहमति जनाए । ‘भूमिसम्बन्धी अध्यादेशमा हाम्रो घोर आपत्ति छ । त्यो सरकारले फिर्ता लेओस्,’ यादवले भने, ‘त्यसपछि मात्र बाँकी पाँचवटा अध्यादेश स्वीकृत गर्न सहयोग गर्छौं । हाम्रो बटमलाइन नै यही हो ।’
आफ्नो माग कार्यान्वयन नभएकैले प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित शनिबार बालुवाटारमा बसेको बैठकमा सहभागी नभएको जसपा नेपालकी सचेतक रेखा यादव बताउँछिन् । जबकि, अध्यक्ष यादवलाई प्रधानमन्त्री ओलीले नै फोन गरेर बैठकमा बोलाएका थिए ।
यादव कामको सिलसिलामा गृह जिल्ला सप्तरीमा थिए । उनले बैठकमा दलका अन्य नेतालाई पठाउन सक्थे तर पठाएनन् ।
‘भूमि अध्यादेशको विषयमा जे कुरा गर्न खोजेका थियौँ, त्यसमा अगाडि नबढेपछि हामी सत्तापक्षीय बैठकमा जाने कुरै आएन । त्यही भएर हामी नगएकै हो,’ रेखा यादवले भनिन्, ‘जबसम्म भूमिसम्बन्धी अध्यादेश फिर्ता हुँदैन, हामी कुनै पनि बैठकमा सामेल हुँदैनौँ भन्ने प्रष्ट अडान छ । उहाँहरू हाम्रो एजेन्डामा आउनुप¥यो नि । बसेर चियापान गर्न त किन जानु ।’
अहिले नै बाँकी पाँचवटा अध्यादेशमा पनि जसपा नेपालले साथ दिने सम्भावना नभएको उनी बताउँछिन् ।