Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जब मुख्यमन्त्री सिंह एम्बुलेन्स चालक बनेर अस्पतालको गार्डलाई फोन गरे….





जनकपुरधाम ।
पछिल्लो समय मधेशका मुख्यमन्त्री सतिश कुमार सिंहले जनकपुरधाममा रहेका नीजी अस्पतालहरुको अनुगमनमा लागेका छन् ।
अनुगमनकै क्रममा आइतबार थप चार निजि अस्पतालहरु जनक मेमोरियल, जनकपुर गोदावरी हस्पिटल, जनकपुर मोडल र कृष्णा हस्पिटल बन्द रहेको पाइएको थियो । दर्ता नै नगरेर संचालित ती अस्पतालहरु आफैँ बन्द गरिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
आइतबार साँझ मुख्यमन्त्री सिंह अनुगमनको क्रममा जनकपुर मोडल हस्पिटल पुगे । तर, हस्पिटलमा बाहिरबाटै ताला लागेको थियो । भित्र बत्ती बलिरहँदा बिरामीलाई भित्रै थुनेर अनुगमन छल्न बाहिरबाट ताला लगाएको उनलाई शंका लाग्यो ।
मुख्यमन्त्री सिंहले स्थानीसँग सोधपुछ गर्न थाले । एकजनाले गार्डले हस्पिटलमा ताला लगाएर गएको सुनाए । त्यसपछि वीरेन्द्र नामका ती गार्डको नम्बर खोजेर फोन गरे । मुख्यमन्त्रीले आफू एम्बुलेन्स चालक भएको भन्दै बिरामी लिएर आएको बताए ।
फोनमा हस्पिटलका गार्डले अक्मकाउँदै सोधे– तपाईँ को ? मुख्यमन्त्रीले आफू ३११२ नम्बरको एम्बुलेन्स ड्राइभर सरोज रहेको बताए । मुख्यमन्त्रीले राम्रो पार्टी (बिरामी) लिएर आएको भनेपछि गार्डले जवाफ फर्काए– अहिले अनुगमन भइरहेको छ । म बिरामी राख्न सक्दिनँ । गोदावरीमा लग्नुस् ।
मुख्यमन्त्री सिंहले गोदावरीले कति दिन्छ ? भनेर कमिशनबारे सोध्छन् । गार्डले भन्छन्– कुरा गरेपछि… ।
जनकपुरधाममा अवैध रूपमा संचालित अस्पताल बिरामी ल्याउने एम्बुलेन्स चालकलाई समेत कमिसन दिन्छन् ।
मुख्यमन्त्री सिंहले एम्बुलेन्स चालक बनेर अस्पतालका गार्डसँग कुरा गरेको भिडिओ ‘सीएम सतिश सिंह’ फेसबुक पेजमा राखिएको छ ।