Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

समाजवादी प्रेस सङ्गठनको अध्यक्षमा श्रेष्ठ





काठमाडौ।

समाजवादी प्रेस सङ्गठनको दोस्रो राष्ट्रिय भेलाले सङ्गठनको संस्थापक अध्यक्ष शम्भु श्रेष्ठलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ । उपाध्यक्षमा हृदय भुसाल, महासचिवमा रोहित दाहाल, कोषाध्यक्षमा भरतराज पोखरेललाई मनोनित गरेको हो ।

रिक्त रहेका ती पदमा नेतृत्व छनोट गर्न भेला बोलाइएको हो । यसअघि महाधिवेशनले निर्वाचित गरेको कार्यसमितिलाई सोही पदमा रहने व्यवस्थालाई भेलाले अनुमोदन गरेको छ ।

नवनिर्वाचित अध्यक्ष श्रेष्ठले सङ्गठनलाई अनुशासित, थप मर्यादित र गतिशील बनाएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्जाल विस्तार गर्न भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे । श्रमजीवी पत्रकारहरुको हकहित अधिकार संरक्षण गर्न सङ्गठनले सशक्त रुपमा कार्यक्रम गर्ने बताउँदै उनले आगामी एक वर्षभित्र देशभर सङ्गठन सुदृढीकरण गर्ने बताए ।

भेलाले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई नियमनको नाममा कठोर नियन्त्रण गर्ने सामाजिक सञ्जाल विधेयक तत्काल फिर्ता गरी नेपाल पत्रकार महासङ्घ, समाजवादी प्रेस सङ्गठन नेपाललगायतको सहभागितामा विधेयक परिमार्जन गर्न सरकारसँग माग गर्दै दश बुँदे घोषणा पत्र जारी गरेको छ ।

प्रेस काउन्सिललगायत राज्यका विभिन्न सञ्चारसँग सम्बद्ध निकाय, पत्रकार महासङ्घसमेतका निकायमार्फत प्रदान गरिने पुरस्कार सम्मान, शोधवृत्ति, तालिम, प्रशिक्षणलाई समावेशीता र निश्पक्षताका आधारमा सञ्चालन एवं वितरण गर्न सम्बन्धित पक्षसँग भेलाले आह्वान गरेको छ ।