Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

भारतको नयाँदिल्लीमा भूकम्प





नयाँदिल्ली ।

भारतको नयाँदिल्लीमा भूकम्प आएको छ । सोमबार बिहान ५ बजेर ३६ मिनेटमा ४ म्याग्निच्युडको भूकम्प गएको भारतको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको केन्द्र जमिनभित्र करिब पाँच किलोमिटर गहिराइमा थियो ।

भूकम्पले दिल्ली हल्लिएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले सबैलाई सुरक्षा सावधानी अपनाउन अपिल गरेका छन् । साथै सुरक्षा अधिकारीहरुलाई निगरानी बढाउन पनि उनले निर्देशन दिएका छन् ।

दिल्ली प्रहरीले भूकम्पबाट सबै सुरक्षित रहेको विश्वास व्यक्त गर्दै आपत्कालीन सहायता चाहिएमा ११२ नम्बरमा डायल गर्न भनेको छ ।

दिल्लीकी मुख्यमन्त्रीआतिशी सिंहले दिल्लीमा ठूलो धक्का महसुस भएको भन्दै सबै सुरक्षित होउन् भनेर भगवानसँग प्रार्थना गरेको एक्समा लेखेकी छन् ।