

जनकपुरधाम ।
पत्रकार सुजीतकुमार झा लिखित मैथिली पुस्तक ‘खुशी – वीरेन्द्रक यात्रा कथा’ को लोकार्पण केहीबेरमा हुनेछ । लोकार्पणका लागि भव्य मञ्च बनाइएको छ । मोडेल कलेजको प्रागंणमा कार्यक्रम हुनेछ ।
पुस्तकको लोकार्पण पूर्वाञ्चल विश्वविद्यालयका रजिष्टार नीलमणि पोखरेलले गर्नुहुनेछ । समारोहमा विभिन्न सांसद, जनप्रतिनिधि, राजनीतिक दलका व्यक्ति, नागरिक समाजको व्यक्तिहरु सहभागि रहनुहुनेछ ।
पत्रकार झाको यो १७ औं कृति रहेको छ । झाका यसअघि चिड़ै कथा संग्रह, रिपोटर डायरी, जिद्दी कथा संग्रह, गन्ध कथा संग्रह, कोइली घूरि आउ बालकथा संग्रह, खजुरीबाली कथा संग्रह, बुलबुल कथा संग्रह, तितलीसंग दोस लगाएब बालकथा संग्रह, सीताराम विवाहमा केन्द्रित रहेर अनुसन्धानमूलक पुस्तक पुनि पुनि होत विवाह, अन्हार घरमे डिबिया – शब्द चित्रका अतिरिक्त ६ वटा अनुवाद पुस्तक प्रकाशित रहेको छ । अनुवाद पुस्तक सबै नेपालीबाट मैथिलीमा प्रकाशित रहेको छ ।
‘खुशी’ पुस्तकमा मोडेल कलेजका संस्थापक वीरेन्द्र साहको जीवनकथालाई समावेश गरिएको छ ।

