Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

ट्रम्प-मोदी भेटवार्ताका ६ उपलब्धि





वासिंगटन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भेटवार्तालाई विश्वभर चासोका साथ हेरिएको थियो । आआफ्ना मुलुकका निर्वाचनबाट पुनस् जनादेश प्राप्त गरी शासनमा पुनरागमन गरेपछि यी दुई नेताको पहिलो भेट थियो ।

पहिलो र पाँचौं ठूलो अर्थतन्त्र भएका देशका कार्यकारीको भेट उसै पनि महत्वपूर्ण हुने नै भयो । त्यसमा पनि ट्रम्पले जताततै लगाउन थालेको ट्यारिफ नीति, भारतमा रहेका आप्रवासीहरूलाई भारत पठाउने ट्रम्पको आक्रामक कारबाही, प्यालेस्टिनीहरूलाई अन्य अरब मुलुकमा पठाई गाजालाई नियन्त्रणमा लिएर लिएर पुनर्निर्माण गर्ने प्रस्ताव र रुस–युक्रेन युद्धको अन्त्यको लागि ट्रम्पले लिने नीतिमा मोदीको धारणा कस्तो रहला भन्नेमा धेरै चासो थियो ।

निकै महत्वपूर्ण ठानिएको भेटवार्ताले माथि उल्लेखित चासोहरूको कति सम्बोधन गर्‍यो ? भारतीय विश्लेषकहरू भने भेटवार्ता ऐतिहासिक बन्न नसकेको बताउँछन् ।

मोदी युरोपका अन्य देशहरूको भ्रमण सकेर अमेरिका पुगेका थिए । बिहीबार फ्रान्सबाट अमेरिका पुगे पनि राष्ट्रपति ट्रम्पसँग शुक्रबार मात्रै भेटघाट भएको थियो । त्यसैले यसपटकको भ्रमणमा न मोदीले अमेरिकालाई मात्र केन्द्रमा राखेको देखिन्थ्यो, न ट्रम्पले आफ्नो पहिलो कार्यकालमा मोदीलाई स्वागत गर्दा दिएजति न्यानो थियो ।

सका बाबजुद ट्रम्प–मोदी भेटवार्तामा मुख्य ६ विषयमा चर्चा भयो । भेटवार्तापछि पत्रकार सम्मेलनमा जारी संयुक्त प्रेस नोटमा उनीहरूले भारतको व्यापार घाटा कम गर्नेदेखि तेल, ग्यास तथा करका विषयमा विस्तृत कुराकानी भएको उल्लेख गरे ।

बीबीसीका अनुसार ट्रम्पले भारतलाई पनि अन्य देशकोजस्तै समानान्तर ट्याक्स लगाउने नीति आफ्नो रहेको जानकारी गराएका थिए । यस्तै, मोदीले व्यापार घाटालाई सन्तुलित बनाउने विषय उठाएका थिए । यस्तै, अत्याधुनिक एफ–३५ सैन्य विमान खरिदको विषयमा समेत छलफल भएको थियो ।

‘जति ट्याक्स अर्को देशले अमेरिकामाथि लगाउँछ, अमेरिकाले पनि सोही अनुसारको ट्याक्स उनीहरूमाथि पनि लगाउँछ। यसमा कुनै देशलाई कम र बढी भने हुँदैन,’ ट्रम्पको भनाइ थियो ।

यसका साथै ट्रम्पले मुम्बई हमलाको विषयमा भारतमा प्रतिबन्धित तहव्वुर राणालाई भारत सुपुर्दगी गर्ने बताएका छन् । अमेरिकी जेलमा बन्दी रहेका राणालाई भारत ल्याउने प्रयास जारी थियो ।

भेटपछि मोदी र ट्रम्पले पत्रकारहरूसँग अमेरिका र भारतले अब ग्यास, सुरक्षा, टेक्नोलोजी तथा व्यापारका विभिन्न ६ आयामबारे सम्झौता गर्ने तहमा पुगेको बताए ।

१. अवैध भारतीय आप्रवासी

ह्वाइट हाउसमा प्रेसमिटका क्रममा मोदी र ट्रम्पले दुवै देशका प्रशंसा गरेका थिए ।मोदीले ट्रम्पको नारा ‘मेक अमेरिका ग्रेट अगेनु लाई प्रशंसा गर्दै मेक इन्डिया ग्रेट अगेन’को अपिल गरे । उनले दुवै लोकतान्त्रिक देशको समृद्धका लागि मेगा पार्टनरशीप हुनुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री मोदीले सन् २०३० सम्‍म अमेरिकासँग भारतले व्यापार दोब्बर गर्ने बताए। अमेरिकामा रहेका अवैध भारतीयहरूबारे चर्चा गर्दै मोदीले अहिले केही आप्रवासीहरूलाई मानव तस्करहरूले ओसारपोसार गरेर अमेरिका ल्याउने गरेको र त्यो कुरा स्वयम आप्रवासीलाई पनि थाहा नभएको हुन सक्‍ने बताए ।

मोदी

उनले भने,‘अमेरिका आउनेहरू साधारण परिवारका मानिसहरू हुन् जसलाई धेरै ठूलो सपना देखाएर यहाँ ल्याउने गरिन्छ। उनले सजिलै सिकार हुने युवाहरूलाई सचेत गराउँदै भनेका छन्, ‘मानव तस्करीहरूमाथि कडा निगरानी राख्नु जरूरी छ, जसलाई अमेरिकामा गैरकानुनी तरिकाबाट आउनका लागि मुर्ख बनाइन्छ ।’

ट्रम्पले जबदेखि अमेरिकामा राष्ट्रपतिको जिम्‍मेवारी सम्लेका छन्, उनले आफ्नो सैन्य विमानमार्फत भारतीय अवैध आप्रवासीलाई अमेरिकाबाट फर्काइसकेका छन् । तर, भारतीय विदेशमन्त्रीले अवैध भारतीय आप्रवासी पठाउँदा कुनै दुर्व्यवहार नगर्न आग्रह गरेका छन् ।

२. सुरक्षा सामग्री

ट्रम्पले सन् २०२५ देखि भारतलाई सुरक्षामा सहयोग गर्ने बताएका छन्। उनले भनेका छन् , ‘हामी भारतलाई कैयौ अर्ब डलरका सुरक्षा सामग्रीहरू उपलब्ध गराउनेछौं। हामी भारतलाई एफ ३५ स्टिल्थ फाइटर जेट उपलब्ध गराउने बाटो खोझ्नेछौं।’

 मोदी र ट्रम्पले पत्रकारहरूसँग अमेरिका र भारतले अब ग्यास, सुरक्षा, टेक्नोलोजी तथा व्यापारका विभिन्न ६ आयामबारे सम्झौता गर्ने तहमा पुगेको बताए ।

३. तहव्वुर राणाको सपुर्दगी

राष्ट्रपति ट्रम्पले विश्वलाई इस्लामिक चरमपन्थीको संकटबाट मुक्त गर्न भारत र अमेरिका मिलेर काम गर्नुपर्ने बताएका छन् । मुम्बइ हमलाका योजनाकार तहव्वुर राणालाई भारत सपुर्दगी गर्ने भन्‍दै ट्रम्पले भनेका छन्, ‘यो घोषणा गर्दा मलाई खुसी लागेको छ की हाम्रो प्रशासनले विश्वकै सबैभन्दा खराब व्‍यक्तिलाई सपुर्दगी गर्न मन्जुर दिइसकेको छ ।’

तहव्वुर हुसैन राणा

उनले मुम्बइ घटनाका मुख्‍य योजनाकार राणालाई भारतमा कानुनी कारबाही भोग्नका लागि पठाउने बताएका छन् । ‘राणालाई अब भारतमा कानुनी कारबाहीका भोग्न पठाइनेछ।हामी उनलाई तत्काल प्रभावबाट भारतलाई सुम्पिरहेका छौं। हामीसँग केही अरू पनि आवेदन आएका छन्। त्यसकारण राणासँगै अरूलाई पनि सपुर्दगी गरिनेछ।’

४. परमाणु ऊर्जा सहयोग

अमेरिकी राष्ट्रपति भारतलाई परमाणु ऊर्जा सहयोग गर्नेमा सकारात्मक देखिएको बताइएको छ। उनले भनेका छन्, ‘अमेरिकी परमाणु उद्योगका लागि यो भारत र अमेरिकाका लागि एक ठूलो उपलब्धी हुनेछ। अमेरिका न्यूक्लियर टेक्नोलोजी भारतको बजारमा स्थान दिनका लागि भारत नियममा सुधार गरिरहेको छ।’

लद्दाखको सीमामा तनावपछि भारत र चीनको बीचमा सम्बन्धलाई ट्रम्पले सीमामा भएको झडपलाई धेरै भयानक बताएका छन् । ट्रम्पले भनेका छन्, ‘सीमामा भएको झडप धेरै खतरनाक हो। मैले यसमा के सहयोग गर्न सक्छु भनेर नजिकबाट नियालेर हेर्नुपर्ने हुनसक्छ।’

भारत (मध्यपुर्व युरोप आर्थिक करिडोरमा ट्रम्पले विश्वकै ऐतिहासिक र व्यापारिक मार्ग निर्माणका लागि दुवै पक्षबाट सहयोग गर्न तयार हुनुपर्ने आवश्‍यकता औंल्याए ।

५. तेल तथा ग्याँस खरिद

अमेरिकी राष्ट्रपति ट्रम्पले भारतमा अमेरिकालाई नम्बर एक तेल तथा ग्याँस आपूर्तिकर्ता देश बनाउन चाहेको बताएका छन् ।

ट्रम्पले भारतसँग ४५ अर्ब डलरको अमेरिकी व्यापार घाटालाई कम गर्ने योजना सवित हुने बताए । उनले भारत र अमेरिका दुवै पक्ष राष्ट्रले सुरक्षाको मामलामा साझेदारी गर्ने निर्णय गरिसकेको उल्लेख गरेका छन् ।

मोदी और ट्रंप

६‍. बंगलादेशको सत्ता परिवर्तन

भारतीय प्रधानमन्त्री मोदीको उपस्थितिमै राष्ट्रपति ट्रम्पले बंगलादेशमा भएको सत्ता परिवर्तनबारे आफ्नो कुनै भूमिका नरहेको स्पष्ट पारेका छन्। उनले भनेका छन्, ‘बंगलादेशको सत्ता परिवर्तनमा हाम्रो कुनै हात छैन।’

बंगलादेशमा विरोध प्रदर्शन चर्किएपछि ५ अगस्टमा तत्कालीन प्रधानमन्त्री शेख हसिनाले बंगलादेश छाडेकी थिइन्। हसिना भारतको शरणमा बसिरहेकी छिन् ।
(एजेन्सीहरुको सहयोगमा)