Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

श्रीमतीको हत्या गरी फरार प्रतिवादी ५ वर्षपछि सप्तरीको शम्भुनाथबाट पक्राउ





जनकपुरधाम ।
पाँच वर्षअघि श्रीमतीको हत्या गरेर फरार भएका श्रीमान् पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरी शम्भुनाथ नगरपालिका–२ का सन्तोष साह रहेका छन् ।
साहलाई फरार प्रतिवादी खोजीको सिलसिलामा बिहीबार पक्राउ गरी अनुसन्धान थालिएको सप्तरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले बताए ।
खतिवडाका अनुसार साहले श्रीमती गायत्रीकुमारीलाई २०७६ साल चैत ६ गते राति कुटपिट गरी शम्भुनाथ नगरपालिका–२ ट्राफिक चोकदेखि चार सय मिटर पूर्वमा फालेका थिए । भोलिपल्ट स्थानीयले फेला पारेर गायत्रीलाई युनिक अस्पताल लगेकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।
त्यसयता सन्तोष फरार रहेका थिए । खतिवडाका अनुसार गायत्री र सन्तोषको बिहे २०७६ साल जेठ २६ गते भएको थियो । बिहेपछि दुवै जनाबीच पटक–पटक विवाद हुँदै आएको थियो । जिल्ला अदालत राजविराजले सन्तोषलाई कर्तव्य ज्यान मुद्दामा तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।