Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु





चितवन।

चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक रत्ननगर नगरपालिका-५ का २८ वर्षीय आलोक महतो रहेका छन् ।

बछौलीबाट झुवानीतर्फ जाँदै गरेको बा.प्र.०३-००२ प ५५०३ नं.को मोटरसाइकल मंगलबार राति १० बजे रत्ननगरकै जनकल्याण चोकमा दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका महतोलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर पुर्याइएकोमा साढे १० बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।