Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

अस्थि विसर्जनका लागि निस्केका जनकपुरधामका विश्वनाथ महतो सिमरिया घाटबाट बेपत्ता





जनकपुरधाम ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–४ कदम चौकका ५६ वर्षीय विश्वनाथ महतो भारत बिहार राज्यको सिमरिया गंगा घाटबाट हराई रहेका छन् । पारिवारिक धार्मिक कार्य अन्तर्गत गंगा नदीमा अस्थी विसर्जन गर्न गएको बेलादेखि उनी बेपत्ता भएका हुन् ।
माघ १० गतेका दिन महतो गंगा नदीको किनारमा पुगेका थिए । विसर्जनको कार्य सम्पन्न भएपछि परिवारले महतोलाई घाटमा फेला पार्न सकेनन् । विभिन्न स्थानमा खोजतलास गरिए पनि हालसम्म उनीबारे कुनै जानकारी प्राप्त भएको छैन ।
परिवारले स्थानीय प्रहरीलाई घटनाबारे जानकारी गराइसकेका छन् । भारतको सिमरिया गंगा घाटमा खोज कार्य भइरहेको भए पनि महतोको विषयमा जानकारी प्राप्त भएको छैन ।