Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

पर्साको ठोरीमा एक भारतीय पुरुषको शव फेला, हत्या गरिएको आशंका





जनकपुरधाम ।
पर्सा जिल्लाको ठोरी गाउँपालिकामा आज विहान एक जना पुरुषको शव फेला परेको छ । हत्या गरि झाँडीमा फालिएको अवस्थामा ४५ वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।
ठोरी गाउँपालिका वडा नम्बर ५ बाघमोर्चा पुलको दक्षिण र भारतिय सीमा नजिक आज बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
मृतक पुरुष छिमेकी मुलुक भारतको पश्चिमी चम्पारण मानपुर थाना अन्तर्गत चौहाटा निवासी राजदेव माझि रहेको पुष्टी भएको प्रहरीले जनाएको छ । घटनाको प्रकृति हेर्दा उनको हत्या गरेर फालिएको हुनसक्ने आशंका छ । मृतकको साथबाट मोबाइल र डायरी फेला परेको ईलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक रन्जित लामाले जानकारी दिए । घटनाको बारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।