

एजेन्सी ।
भारतले इङ्गल्यान्डसँगको दोस्रो एक दिवसीय खेलमा चार विकेटको सफलता पाएको छ । आइतबार भएको दिवा रात्रि खेलमा इङ्गल्यान्डले दिएको ३०५ रनको लक्ष्य पछ्याएको भारतले ३३ बल बाँकी रहँदा ६ विकेटको क्षतिमा ३०८ रन जोडेको हो ।
भारतका लागि कप्तान रोहित शर्माले शतकीय योगदान गरे । ९० बलको सामना गरेका उनले १२ चौका र ७ छक्काको सहयोगमा ११९ रन जोडेका हुन् । शर्माको यो ३२ औं एक दिवसीय शतक हो। जितसहित भारतले शृङ्खलामा २–० को अग्रता लिएको छ ।
यसैगरी, शुभमन गिलले ५२ बलमा ६० रन जोडे । यी दुईले पहिलो विकेटका लागि १६.४ ओभरमा १३६ रनको साझेदारी गरे । श्रेयास ऐयारले ४४ तथा अक्षर पटेलले अविजित ४१ रनको योगदान गरे । इङ्गल्यान्डका जेमी ओभरटनले ५ ओभरमा २७ र खर्चेर २ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इङ्गल्यान्डले एक बल बाँकी रहँदा सम्पूर्ण विकेट गुमाउँदै ३०४ रन जोडेको हो ।
इङ्गल्यान्डले राम्रो सुरुवात गरे पछिल्लोक्रम टिक्न सकेन । इङ्गल्यान्डका फिल साल्ट र बिन डकेटले पहिलो विकेटका लागि १०.५ ओभरमा ८१ रनको साझेदारी गरे । डकेटले ५७६ बलमा ६५ तथा साल्टले २९ बलमा २७ रनको योगदान गरे । इङ्गल्यान्डका जोए रुटले ६९ रन जोडे ं। लिभिङ लियाम स्टोनले ३२ बलमा ४१ रन जोडे । भारतका रवीन्द्र जडेजाले १० ओभरमा ३५ रन खर्चेर तीन विकेट लिए ।
