

काठमाडौ ।
नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्र केसीले बुझाएको राजीनामा गृह मन्त्रालयमा पठाइएको छ । सेवा अवधि बाँकी रहेकै अवस्थामा एआईजी केसीले घरायसी कारण देखाउँदै दुई दिन अघि राजीनामा दिएका हुन् ।
केसीको राजीनामा आइतबार गृह मन्त्रालयमा पठाइएको प्रहरी प्रधान कार्यालयको उच्च स्रोतले जनाएको छ । केसी प्रदेश समन्वय विभागमा कार्यरत थिए ।
गृह मन्त्रालयले उनको राजीनामा मन्त्रिपरिषद् बैठकमा पेस गर्नेछ । मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेपछि उनी औपचारिक रूपमा प्रहरी सेवाबाट मुक्त हुनेछन् ।
