Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जनमत पार्टीसंग चाँडै एकता गर्ने रेशम चौधरीको संकेत





काठमाडौं ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले जनमत पार्टीसँग चाँडै पार्टी एकता हुने संकेत गरेका छन् । डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशन उद्घाटन समारोहमा चौधरीले जनमत पार्टीसँग एकताबारे बोलेका हुन् ।
‘जनमत पार्टी र हाम्रो पार्टीबीचको सकारात्मक सन्देश चाँडै पाउनु हुनेछ’, चौधरीले भनेका थिए । पार्टी एकता टुंगिनेबारे रेशमले बताइरहँदा जनमत पार्टीका सभापति डा.सिके राउत त्यही मञ्चमा थिए ।
मन्तव्यका क्रममा रेशमले जनमतसँग एकता अगाडि बढिसकेकाले अरू दलहरूलाई पनि एकताको निम्ति आह्वान गरे । नेसपा (नयाँ शक्ति), विवेकशील साझा लगायत वैकल्पिक आवाज उठाइरहेका पार्टीहरूसँग एकता गरेर जान सकिने चौधरीले बताएका थिए ।
स्रोतका अनुसार नाउपा र जनमतबीच एकता प्रक्रिया सकारात्मक निष्कर्षमा रहेकाले नै रेशमले त्यस्तो भाषण गरेका हुन् । ‘नाउपा र जनमतले एकता गरेर जाने भन्ने लगभग सहमति जुटेको छ । कुनै प्रतिकुलता आएन भने चाँडै एकता हुन्छ’, ती स्रोतले भन्यो ।
जनमत पार्टीको पूर्वी मधेशमा र नाउपाको पश्चिम मधेशमा पकड छ । २०७९ को चुनावमा नवगठित यी दुवै पार्टीले अप्रत्यासित मत पाएर राष्ट्रिय राजनीतिमा आएका थिए ।
प्रतिनिधिसभामा जनमतसँग ६ सिट र नाउपासँग ४ सिट छ । प्रदेशतर्फ सुदूरपश्चिममा नाउपा र मधेशमा जनमत पार्टीको बलियो उपस्थिति छ ।