Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

माची झिटकैयास्थित माध्यमिक विद्यालयमा प्रधानाध्यापक र शिक्षकबीच हातपात





जनकपुरधाम ।
धनुषाको कमला नगरपालिका २ माची झिटकैया माध्यमिक विद्यालयमै प्रधानाध्यापक र शिक्षकबीच हातपात भएको छ ।
प्रधानाध्यापक जगरनाथ यादव र शिक्षक रोहित यादवबीच हातपात भएको हो । रोहित राहत कोटाका शिक्षक हुन् । उनले प्रधानाध्यापकसँग पेश्की रकम मागेका थिए । सो विषयमा विवाद चर्केपछि उनीहरुबीच हातपात भएको छ ।
शिक्षक रोहितले पेश्की रकम मागे जति दिनुपर्ने भनेपछि प्रधानाध्यापकले उनलाई बाहिर निकाल्न खोज्दा कुटाकुट भएको एक विद्यार्थीले सुनाए । उनका अनुसार विद्यालयमा होहल्ला भएपछि पठनपाठन समेत प्रभावित भएको छ ।
नगर प्रमुख विशेश्वर यादवले पेश्की रकमका लागि विद्यालयमा विवाद भएको जानकारी पाएको बताए । उनले भने, ‘एक शिक्षकको बुवाको निधन भएको छ । उनले पेश्की मागेका थिए । सो विषयमै विवाद भएको छ । अहिले वडाध्यक्षलाई बुझ्न पठाएको छु ।’
वडाध्यक्ष ठक्कु यादवका अनुसार बुवाको निधन भएकाले शिक्षक रोहितले ५० हजार पेश्की मागेका थिए । तर प्रधानाध्यापक अहिले तत्काल २५ हजार मात्र दिन सक्छु भनेपछि दुवै जनाबीच विवाद भयो ।
आफू विद्यालय पुगेर दुवै जनालाई सम्झाइबुझाई अहिले भर्खर आएको बताए । शिक्षक यादवले २५ हजार पेश्की लिन नचाहेको र समस्या समाधान कसरी गर्न सकिन्छ भन्नेमै लागेको बताए ।