Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जनकपुर साहित्य उत्सवको छैठौँ संस्करण सम्पन्न, ४६ लाख बढी खर्च, २ लाख ५० हजार बचत

आगामी वर्ष माघ २२ देखि माघ २४ गतेसम्म उत्सवको आयोजन हुने





जनकपुरधाम ।
नव मिथिला फाउण्डेशनको आयोजनामा हुँदै आएको जनकपुर साहित्य उत्सवको छैठौँ संस्करण सम्पन्न भएको छ । यस वर्ष उत्सवको आयोजनको क्रममा फाउण्डेशनले विभिन्न प्रायोजक तथा निकायहरूसँग कूल ४९ लाख रुपैयाँ संकलन गरेको थियो ।
फाउण्डेशनका उपाध्यक्ष आदित्य नेपालका अनुसार यस पटक उत्सवको आयोजनमा ४६ लाख ५० हजार रुपैयाँ खर्च गरिएको छ भने २ लाख ५० हजार रुपैयाँ बचत भएको छ । कार्यक्रमका लागि विभिन्न शीर्षकमा खर्च गरिएपनि संस्थाले पहिलोपटक बचत गर्न सफल भएको फाउण्डेशनले जनाएको छ । यस वर्षको आयोजनका लागि साउण्ड र लाइटमा १२ लाख, स्टेज डेकोरेशनमा ३ लाख, प्रिइभेन्ट गतिविधिमा २ लाख, पुरस्कार वितरणमा ३ लाख ५० हजार, बसोबासको व्यवस्थापनमा ५ लाख, ट्राभलिङ्ग एण्ड टिकेटिङ्गमा ५ लाख, गिफ्ट्स एण्ड ह्याम्परमा २ लाख ५० हजार, कलाकारहरुको शुल्कमा ३ लाख, खानामा ५ लाख, ब्राण्डिङ्ग एण्ड मार्केटिङ्गमा २ लाख र मिडिया तथा ब्रोडकास्टिङ्गमा ३ लाख ५० हजार रुपैयाँ खर्च गरिएको बताइएको छ ।
यता जनकपुर साहित्य उत्सवको सातौं संस्करण आगामी २०८२ साल माघ २२, २३ र २४ गते आयोजना हुने घोषणा गरिएको छ । उत्सवका परिकल्पनाकार समेत रहेका प्रतिनिधिसभा सदस्य मनिष झाका अनुसार यो उत्सवले साहित्य, संस्कृति र समाजको विभिन्न पाटा समेट्दै जनकपुरधामलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्दै आएको छ ।