

एजेन्सी ।
इंग्ल्याण्डसँग नागपुरमा भएको एक दिवसीय शृङ्खलाको पहिलो खेलमा रोहित शर्मा दुई रनमा आउट भए। सो खेलमा उनले ७ बलको मात्र सामना गरे । भारतीय कप्तान शर्माले सबै संरचनामा पछिल्ला कुल १६ पारीमा १६६ रन मात्र जोडेका छन् । १९ फेब्रुअरीदेखि पाकिस्तान र युएईमा च्याम्पियन्स ट्रफी हुँदैछ । सो ट्रफीका लागि भारतीय टोलीको नेतृत्व गर्ने कप्तान शर्माकै फर्म चिन्ताको विषय बनेको छ । त्यत्ति मात्र होइन, च्याम्पियन्स ट्रफी भन्दा ठिक अघि भएको इंग्ल्याण्डसँगको खेलपछि भारतीय टोलीमा केही प्रश्न भारतीय छनोटकर्ताका सामु उभिएका छन् ।
इंग्ल्याण्डसँगको श्रृंखला जिताउने काम स्पिनर वरुण चक्रवर्तीले गरेका थिए । चक्रवर्ती सो श्रृंखला म्यान अफ द सिरिज घोषित भएका छन् । उनले कुल १४ विकेट लिए । जसप्रित बुमराह र मोहम्मद सामी फिट नभएपछि भारतीय टोलीले पछिल्लो समय एक मात्र विशेषज्ञ सिमरको साथमा खेल्दै आएको छ । दोस्रो सिम बलरको रूपमा अलराउण्डर हार्दिक पाण्डेले बलिङ गरेका छन् । इंग्ल्याण्डसँगको खेल मार्फत एक दिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका हर्षित राना पनि टोलीमा छैनन् ।
नागपुरको पहिलो एक दिवसीय खेलमा शानदार सुरुवात गरेको इंग्ल्याण्डका दुई ब्याट्सम्यानलाई रानाले एकै ओभरका आउट गरेपछि आठौँ ओभरमा भारत खेलमा फर्किएको थियो । पहिलो खेलमा नै कुल तीन विकेट लिएका रानालाई च्याम्पियन्स ट्रफीमा बुमराहका लागि ठाउँ छाड्ने गरी अहिले अवसर दिइएको हो । बुमराहको चोट गहिरो नभएको तथा उनलाई आरामको जरुरी भएको ठहरसहित सो निर्णय गरिएको हो । अस्ट्रेलियासँगको पाँचौँ टेस्टको क्रममा बिचमा नै मैदान छाडेका भारतका स्टार बलर बुमराहमा धेरै थकानका कारण समस्या आएको जनाइएको थियो ।
रोहित शर्माको खराब फर्म मात्र होइन, च्याम्पियन्स ट्रफीको पूर्व सन्ध्यामा धेरै प्रश्न भारतीय टोलीका सामु अझै छन् । इङ्गल्यान्डसँगको पाँचौँ तथा अन्तिम टी–२० मा अभिषेक शर्माले शतक प्रहार गरेका थिए । गत सिजनको इन्डियन प्रिमियर लिग (आइपिएल)पछि पुष्टि भएको तथ्य के हो भने शर्मा नै भारतीय मध्यका त्यस्ता ब्याट्सम्यान हुन् जो क्लिक भएपछि टोलीले हार्ने सम्भावना सायदै हुन्छ ।
च्याम्पियन्स ट्रफी मै भारतीय टोलीमा पहिलो रोजाइको विकेट किपरको बारेमा अहिले बहस सुरु भएको छ । गत वर्ष कार दुर्घटनामा परेर भर्खरै खेलमा फर्कँदै गरेका ऋषभ पन्त तथा लोकेश राहुलको बिचमा बहस भइरहेको समयमा धेरै टी–२० खेल जिताएका सञ्जु सामसन पनि टोलीमा छैनन् । सामसन वैकल्पिक विकेट किपर मात्र होइन वैकल्पिक प्रारम्भिक ब्याट्सम्यान पनि हुन् ।
इंग्ल्याण्डसँगको पहिलो एक दिवसीय खेलमा अवसर पाएका शुभमन गिलले भने आफूलाई ओपनर मात्र होइन विराट कोहलीको स्थानमा उपयुक्त तेस्रो क्रमको ब्याट्सम्यानको रूपमा पनि पुष्टि गरिसकेका छन्।
इङ्गल्यान्डसँगको पहिलो एक दिवसीय खेलले सबै कुराको निक्र्योल त गर्दैन तथापि पछिल्ला फर्म हेर्नेले रोहित शर्माको विकल्प खोज्ने दबाब भारतीय टोलीमा आइसकेको धेरैले बताइ सकेका छन् । अस्ट्रेलियासँगको पाँचौँ टेस्टमा आराम दिइएपछि सन्यासको हल्ला पनि चलेको थियो । त्यसको केही दिन पछि नै भारतले उनकै नेतृत्वमा टोली चयन गरेको हो ।
अहिले भारतीय टोलीमा तीन अलराउण्डर उत्तिकै छाएका छन् । पार्ट टाइमर सिमर पाण्डे पारीको सुरुवातमा नै बलिङ गर्न थालेका छन् । रविन्द्र जडेजा अझै प्रभावकारी रहेका छन् भने अक्षर पटेल पनि ब्याटिङमा प्रभावकारी देखिएका छन् । सातौँ या आठौँ क्रममा ब्याटिङ गर्ने पटेल माथिल्लो क्रममा पनि आफूलाई उपयुक्त पुष्टि गर्न सफल भइसकेका छन् ।
च्याम्पियन्स ट्रफी खेल्ने भारतीय टोलीमा रहेका रोहित ३७ वर्षका भए । विराट ३६ वर्षका भए । त्यसो त सामी पनि ३४ वर्षका भइसकेका छन् । उमेर मात्र होइन फर्म र फिटनेसमा पनि समस्या छ । उनीहरूको विकल्पमा पनि आएका खेलाडी उत्कृष्ट छन् ।
च्याम्पियन्स ट्रफीमा भारतले ४ बलर समावेश गरेको छ । सामी, बुमराह, कुलदीप यादव र आर्शदीप सिंह टोलीमा छन् । आर्शदीप बाहेक अन्य सबै खेलाडीमा फिटनेसको समस्या छ । यसै कारण पनि हर्षित रानाको उपस्थितिका बारे धेरै प्रश्न उठ्न थालेको हो। डेथ ओभर विशेषज्ञकै रूपमा छवि बनाएका रानाले इंग्ल्याण्डसँगको खेल पछि नै आफू डेथ ओभरका लागि उपयुक्त भएको बताइ सकेका छन् ।
मङ्गलवारसम्म भारतका लागि टोलीमा परिवर्तनको समय बाँकी छ । राना या चवर्ती टोलीमा समावेश बाहिरिने खेलाडीको भन्ने प्रश्न अहिले पनि उठेको छ ।
बुमराह या सामी अनफिट भए त उनीहरू बाहिरिने भए । उनीहरू फिट भएमा रानालाई टोलीमा समावेश गराउने हो भने गत वर्ष टी–२० का संसारकै उत्कृष्ट बलर घोषित सिंहका लागि च्याम्पियन्स ट्रफी टोलीमा स्थान नै कठिन नै हुनेछ । राना, बुमराह र सामी टोलीमा रहे अलराउण्डर सिम बलर पाण्डे पनि टोलीमा छन् ।
अहिले टोलीमा ३ स्पिनर अलराउण्डर छन् । यस कारण राना या चक्रवर्ती समावेश गरिए सुन्दरको स्थान पनि जोखिममा रहेको जनाइन्छ । यसैगरी दुई बायाँ हाते स्पिनर अलराउण्डर पनि टोलीमा छन् । यी दुई जडेजा र पटेल दुवै फर्ममा रहेका छन् । जडेजा र पटेल एउटै स्वरूपमा भएका कारण यी मध्य कसैलाई हटाउनु परेमा अक्षर पटेलकै स्थान जोखिममा हुनसक्ने जनाइन्छ ।
यदि राना या चक्रवर्तीलाई समावेश गर्दै कुनै ब्याट्सम्यान हटाउने सम्भावना पनि भारतका सामु नभएको होइन । टोलीमा रहेका चार मध्य तीन अलराउण्डर खेलाउँदै कुनै ब्याट्सम्यानलाई टोलीबाट हटाउने जोखिम भने भारतले लिन सक्दैन । अहिले टोलीका दुई विकेटकिपर बाहेक शर्मा, यसस्वी जयसवाल, श्रेयास ऐयार, गिल र कोहली टोलीमा छन् । अइतवार दोस्रो एक दिवसीय खेल पछि भारतका लागि रानाका बारे निर्णय गर्न थप एक अवसर हुनेछ ।
