

काठमाडौँ ।
शनिबार बिहान सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा लागेको आगो निभाइएको छ ।
काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता एसी अपिलराज बोहराका अनुसार आज बिहान ८ः ४५ बजेतिर अचानक आगो लागेको हो । ‘खानेपानी मन्त्रालयको माथिल्लो तलामा आगो लागेको हो, तर अहिले नियन्त्रणमा लिइसक्यौँ’, उनले भने, ‘आगो निभाउन १५/२० मिनेट लाग्यो होला ।’
आगो के कसरी लाग्यो भन्ने विषयमा अनुसन्धान सुरु गरिएको उनले बताए । ‘साथै आगलागीबाट के कति क्षति भयो भन्ने कुरा पनि संकलन गर्दै छौँ’, एसपी बोहराले भने । प्रहरीका अनुसार खानेपानी मन्त्री प्रदीप यादवकै कार्यकक्षमा आगलागी भएको हो ।
