Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

उच्च मूल्यको रेकर्ड बनाएको अमेरिकी डलर आज सस्तियो





काठमाडौ ।

नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। बिहीबार र शुक्रबार अहिलेसम्मकै सबैभन्दा महँगो मूल्यको रेकर्ड बनाएको अमेरिकी डलरको मूल्य आज घटेको छ।

त्यसैगरि आज युरो, कुबेती र बहराइन दिनारसहितका मुद्रा पनि सस्तिएका छन्। तर, अस्ट्रेलियन डलर, पाउन्ड लगायतका केही विदेशी मुद्राको मूल्य भने बढेको छ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ५९ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ १९ पैसा छ।

हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ थियो।

नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो। हिजो सर्वाधिक महँगो बनेको अमेरिकी डलरको मूल्य आज घटेको हो।

त्यसैगरी आज युरो एकको खरिदर एक सय ४४ रुपैया ९० पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ५२ पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४४ रुपैया ९६ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ५८ पैसा थियो।

त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७३ रुपैयाँ ८४ पैसा र बिक्रीदर एक सय ७४  रुपैयाँ ५९ पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७३ रुपैयाँ ७८ पैसा र बिक्रीदर एक सय ७४  रुपैयाँ ५३ पैसा थियो।

आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८७ रुपैयाँ ७० र बिक्रीदर ८८ रुपैयाँ ०८ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८७ रुपैयाँ ६४ र बिक्रीदर ८८ रुपैयाँ ०१ पैसा थियो।

त्यसैगरी आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ५२ रुपैयाँ २७ पैसा र बिक्रीदर चार सय ५४ रुपैयाँ २२ पैसा छ। हिजो लागि कुवेती दिनार एकको खरिददर चार सय ५३ रुपैयाँ १२ पैसा र बिक्रीदर चार सय ५५ रुपैयाँ ०६ पैसा थियो।

त्यसैगरी बहराइन दिनार एकको खरिददर तीन सय ७० रुपैयाँ २७ पैसा र बिक्रीदर तीन सय ७१ रुपैयाँ ८६ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ७० रुपैयाँ ९१ पैसा र बिक्रीदर तीन सय ७२ रुपैयाँ ४९ पैसा थियो।

हेर्नुहोस् सबै विदेशी मुद्राको सूची