

जनकपुरधाम ।
जनकपुरधामको ऐतिहासिकता पौराणिकतालाई प्रचार प्रसार गर्ने उद्देश्यले शुरु भएको जनकपुर साहित्य उत्सवको दोस्रो दिन पनि विभिन्न विषयमाथी मन्थन हुनेछ । आजको विभिन्न सत्रहरुमा समेत सामाजिक, सांस्कृतिक, साहित्यिक, राजनीतिक लगायतका विषयवस्तुमाथी छलफल हुनेछ ।
उत्सवको दोस्रो दिनको सत्र ‘जनकपुरधामक चुनौती आ अवसर विषयमाथी छलफलसंगै शुरु हुनेछ । त्यस्तै डिजिटल युगमा पठन संस्कृति विषयमा गहन छलफल गरिने छ । पछिल्लो समय युवा पुस्तामा पठन संस्कृति हराउँदै गईरहेको र अहिलेको समयमा पठन संस्कृति बचाउन के गर्नुपर्छ सोको उपायको खोजीकालागि यो सत्रमा विभिन्न व्यक्तित्वहरुले गहन छलफल गर्ने छ ।
आजै क्रिकेटः समस्या समाधान र सम्भावना, मधेस महिमाः उत्सवको व्यवसायीकरण, पढाई सिकाई र वैज्ञानिक सोच, नितिमा युवाको चासो, नेपालको परराष्ट्र नीति र सिमाञ्चल लगायतका विषयमा छलफल हुनेछ ।
आजै कविता वाचन प्रतियोगिता तथा कविता साँझ संगै दोस्रो दिनका सत्रहरु समाप्त हुनेछन् ।
