Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

बालुवा तथा गिट्टीको अबैध रुपमा उत्खन्न विरुद्ध धनुषामा विशेष अभियान, मुख्यमन्त्रीको नेतृत्वमा अनुगमन

५ जना चालक सहित १५ वटा ट्रेक्टर नियन्त्रणमा





जनकपुरधाम ।
बालुवा तथा गिट्टीको अबैध रुपमा उत्खन्न विरुद्ध धनुषामा विशेष अभियान चलाइएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह स्वयं विहिवार अनुगमनमा गएको थिए । सो अनुगमन टोलीले ५ जना चालक सहित १५ वटा ट्रेक्टर नियन्त्रणमा लिएको छ ।
धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ८ स्थितमा रहेको कमला खोलामा बालुवा गिट्टी उत्खनन गरिरहेको बेला चालक र ट्रेक्टरलाई नियन्त्रणमा लिएको जानकारी जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको छ । अनुगमन गर्न धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारी सहित प्रहरीका अधिकारीहरु समेत गएका थिए ।