Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

अधिकांश एक्जिट पोलको प्रक्षेपणः भाजपाले बहुमत ल्याउने





एजेन्सी ।
दिल्ली विधान सभाको चुनावमा अधिकांश एग्जिट पोलहरूले भारतीय जनता पार्टीको सिट संख्यामा व्यापक वृद्धि हुने देखाएका छन् ।
ती एग्जिट पोलहरूले लामो समयदेखि सत्तामा रहेको आम आदमी पार्टी पछि परेको र भाजपाले सरकार बनाउने देखाएका छन् ।
एग्जिट पोलका प्रक्षेपण सही ठहरिए दुई दशकपछि भाजपा दिल्लीको सत्तामा फर्किने छ ।
दिल्ली विधान सभाको ७० सिटका लागि बुधबार भएको मतदानमा ६८ प्रतिशत मत खसेको थियो । चाणक्य स्ट्राटेजिजले भाजपाको पक्षमा ३९–४४ सिट दिएको छ भने आम आदमी पार्टीलाई २५–२८ सिट । उसले कंग्रेसको पक्षमा ३ सिट दिएको छ ।
म्याटराइजले पनि भाजपालाई ३५–४० सिट दिँदा आम आदमी पार्टीलाई ३२–३७ सिट दिएको छ ।
जेभीसीले भाजपालाई ३९–४५ सिट दिँदा आम आदमीका पक्षमा २२–३१ सिट दिएको छ ।
पिपुल्स पल्सको एग्जिट पोलमा भाजपालाई ५१–६० सिट दिइँदा आम आदमी पार्टीलाई १०–१९ सिट दिइएको छ ।
पोल डायरीको एग्जिट पोलमा भाजपालाई ४२–५० सिट दिइएको छ । आम आदमीलाई भने यो पोलले १८–२५ सिट दिएको छ ।
पिपुल्स इनसाइटले भाजपाको पक्षमा ४०–४४ सिट दिँदा आम आदमी पार्टीको पक्षमा २५–२९ सिट दिइएको छ ।
त्यस्तै, पी मार्क एग्जिट पोलले भाजपाले ३९–३९ सिट ल्याउने अनुमान गर्दा आम आदमी पार्टीले २१–३१ सिट प्राप्त गर्ने भविष्यवाणी गरेको छ ।