Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

माओवादी केन्द्रले तोक्यो प्रदेश इन्चार्जहरू, मधेश प्रदेशमा उपमहासचिव मातृका यादव





काठमाडौं ।

नेकपा माओवादी केन्द्रले प्रदेश इन्चार्जहरू तोकेको छ । पदाधिकारी बैठकले प्रदेश इन्चार्जहरू तोक्ने निर्णय गरेको हो ।

उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाका अनुसार, काेशीमा उपमहासचिव हरिबोल गजुरेल इन्चार्ज, मधेश प्रदेशमा उपमहासचिव मातृका यादव, बागमती प्रदेशमामा सचिव हितमान शाक्य, गण्डकी प्रदेशमा सचिव दिनानाथ शर्मा, लुम्बिनीमा सचिव चक्रपाणी खनाल, कर्णाली प्रदेशमास्थायी कमिटी कालीबहादुर मल्ल र सुदूरपश्चिम प्रदेशमा उपमहासचिव गिरिराजमणि पोखरेल इन्चार्ज तोकिएका छन् ।

यस्तै, विशेष प्रदेश इन्चार्जमा जयपुरी घर्ती, सार्क प्रवासमा लक्ष्मण पन्त, यूरोप अमेरिका इन्चार्जमा राम कार्की र एसियामा ओम शर्मा तोकिएका छन् । महासचिवभन्दा माथिका पदाधिकारीलाई भूगाेलकाे जिम्मेवारी नदिने नीतिअनुसार कार्यविभाजन गरिएकाे सापकाेटाले बताए ।

यसअघि उपाध्यक्ष सापकाेटा बागमती र युराेप अमेरिका प्रवास इन्चार्ज भुसाल पम्फा थिइन् ।