

सिमरा ।
बाराको जितपुर सिमरा उपमहानगरपालिका–२ सिमरा चोकमा अवैध लागूऔषध अफिमसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका–२ बैकुण्ठका ४५ वर्षीय भीमलाल मोक्तान छन् । उनलाई इलाका प्रहरी कार्यालय सिमरा र लागूऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पक्राउ गरेको हो ।
सिमराका डीएसपी शुभद्रा वाइबाले मोक्तनबाट ३ किलो ४४ ग्राम अफिम बरामद भएको जानकारी दिइन् ।
‘वीरगञ्ज पथलैया खडकखण्डको फुटपाथबाट अफिमसहित उनलाई पक्राउ गरिएको हो । लागूऔषधको कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाउछौं’ वाइबाले भनिन् ।
