

जनकपुरधाम ।
धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर १ र २ स्थित एक सःमिलमा वनका टोलीले आज छापामारी गरी अवैध काठ बरामद गरेको छ । सो सः मिल प्रमोद ठाकुरको रहेको छ ।
ठाकुरको सः मिलबाट १३९ क्यूफिट चिरान काठ र १ थान कटर मेसिन बरामद गरिएको जानकारी डिभिजन वन कार्यालय धनुषाका डिएफओ विनोद सिंहले दिएका छन् । विशेष सुराकीको आधारमा सः मिलमा छापामारी गरिएको छ ।
वन अधिकृत शंकर नारायण झा र जिल्ला कमाण्डर वैजनाथ सिंह को कमाण्डमा गरिएको सो छापामारीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका टोली पनि गएका थिए ।

