Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

केबलकार निर्माणको बिरोधको क्रममा झापामा झडप, प्रहरीको लाठीचार्जबाट ८ जना पक्राउ





काठमाडौँ ।
झापाको दमक नगरपालिका–५ स्थित गणतान्त्रिक चोकमा झडप भएको छ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केवलकार निर्माण गर्न नहुने भन्दै प्रदर्शनमा उत्रिएका समूह र प्रहरीको बिचमा झडप भएको हो । प्रहरीले लाठीचार्ज गरेर एक राउण्ड अश्रुग्याँस प्रहार गरेको छ ।
झडपमा सहभागी ८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्ण चन्दले बताए । केवलकार निर्माण गर्ने निर्णय खारेजीको माग गर्दै स्थानीयले प्रदर्शन गरेका हुन् ।