Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मधेस प्रदेशसभा वार्षिकोत्सवको अवसरमा मानवीय सहयोग कार्यक्रम





जनकपुरधाम ।
मधेस प्रदेशसभाको ७औँ वार्षिकोत्सवको अवसरमा मानवीय सहयोग कार्यक्रम गरिएको छ । प्रदेशसभा वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको मानवीय सहयोग कार्यक्रम अन्तर्गत जनकपुरधामस्थित मानव सेवा आश्रम, जानकी बृद्धाश्रम तथा सन्त कबिर वात्सल्य अनाथ आश्रममा विभिन्न सामाग्री सहयोग गरिएको वार्षिकोत्सव समारोह समितिका संयोजक एवं प्रदेशसभा सदस्य रामअशिष यादवले जानकारी दिए ।
मानवीय सहयोग कार्यक्रम अन्तर्गत मानव सेवा आश्रममा ५० बोरा चामल, दाल, आलु, तेल, आँटा डाइपर, साबुन लगायतको सामाग्री सहयोग गरिएको हो । त्यस्तै जानकी बृद्धाश्रममा तन्ना, सिरक, खाद्यान्न र अनाथ आश्रममा लत्ताकपडा तथा खाद्यान्न सामाग्री सहयोग गरिएको कार्यक्रमको संयोजक प्रदेशसभा सदस्य रुपा यादवले जानकारी दिइन् ।
सो कार्यक्रममा रत्नेश्वर लाल गोइत, हरिनारायण महतो, जिवछी यादव, किरण साह, रमिता प्रधान लगायतका प्रदेशसभा सदस्यहरुको सहभागिता रहेको थियो ।