

जनकपुरधाम ।
भारतको उत्तर प्रदेशको प्रयागराजस्थित महाकुम्भ मेलामा सहभागी भएर घर फर्कने क्रममा बिहारको मुजफ्फरपुरमा सडक दुर्घटनामा परी ५ नेपालीको मृत्यु भएको छ । बिहारको मुज्फरपुरमा शनिबार साँझ बीआर ३२ पीए ४६६१ नम्बरको गाडी दुर्घटनामा ५ जनाको मृत्यु भएको हो ।
धनुषा प्रहरीका अनुसार मृतकहरु धनुषा र महोत्तरीका हुन् । मृतकहरुमा मन्तार्नी देवी, अर्चना ठाकुर, बालाकृष्ण झा, इन्दु देवीसहित ५ जना छन् ।
मृत्यु हुनेमा गाडीका चालक समेत रहेका छन् । उनको पहिचान खुलेको छैन ।
यस्तै अरु ४ जना घाइते छन् । घाइत हुनेहरुमा मनोहर ठाकुर, कामिनी झा, सृष्टि ठाकुर जगतारण देवी रहेका छन् । कुम्भ मेला सकेर फर्किने क्रममा उनीहरु सवार गाडी दुर्घटना भएको प्रहरीको भनाइ छ । उपचारका निम्ति घाइतेहरूलाई त्यहाँको श्री कृष्ण मेमोरियल मेडिकल कलेजमा भर्ना गरिएको छ ।
