Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

कुम्भबाट फर्किरहेको गाडी मुज्जफरपुरमा दुर्घटना, महोत्तरीका ५ नेपालीको मृत्यु, ४ घाइते





जनकपुरधाम ।
भारतको उत्तर प्रदेशको प्रयागराजस्थित महाकुम्भ मेलामा सहभागी भएर घर फर्कने क्रममा बिहारको मुजफ्फरपुरमा सडक दुर्घटनामा परी ५ नेपालीको मृत्यु भएको छ । शनिबार स्कोरपियो गाडी दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
उक्त गाडीमा नौजना सवार थिए । महिला–पुरुष गरी घटनास्थलमा ५ जनाको मृत्यु भएको हो । गाडीमा सवार बालबालिकासहित चारजना गम्भीर घाइते रहेका र उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
उक्त गाडी कसैलाई बचाउने क्रममा अनियन्त्रित भएर सडकमा पल्टिएको प्रहरीको अनुमान छ । घाइतेले आफूहरू सबै नेपालको महोत्तरी जिल्लाको भएको बताएको प्रहरीका तर्फबाट सञ्चारमाध्यमलाई जानकारी गराइएको छ ।