Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

भारतले ल्यायो बजेट, मध्यम आर्थिक अवस्था भएकालाई विशेष प्राथमिकता

१२ लाखसम्मको आम्दानीमा कर नलाग्ने





एजेन्सी ।
लगातार तेस्रोपटक भारतीय सरकारको नेतृत्व गरेका प्रधानमन्त्री नरेन्द्र मोदीले मध्यम आर्थिक अवस्था भएकाहरूलाई विशेष प्राथमिकता दिँदै नयाँ बजेट ल्याएका छन् ।
भारतीय बित्तमन्त्री निर्मला सीतारमणले शनिबार लोकसभामा २०२५ को बजेट पेश गरिन् । बजेटमा यसअघिको कर प्रणालीमा सुधार गर्दै १२ लाख रुपैयाँसम्मको आम्दानीमा कर नलाग्ने नयाँ कर प्रणालीको व्यवस्था गरिएको छ ।
भारतीय सञ्चारमाध्यमहरूले १२ लाख रुपैयाँसम्मको आम्दानीमा कर नलाग्ने व्यवस्था बजेटमा गरिएको जनाएका छन् ।
मोदी नेतृत्वको सरकारले नै यसअघि सन् २०१४ मा ल्याएको बजेटमा त्यस्तो सीमा साढे २ लाख रुपैया तथा सन् २०१९ मा ५ लाख, सन् २०२३ मा ७ लाखसम्मको सीमासम्मको रकममा करमुक्त गरिएको थियो ।
कतिपय अर्थविदहरूले यसलाई पछिल्लो एक दशकमा गरिएको सबैभन्दा ठूलो सुधारको रूपमा व्याख्या गरेका छन् । बित्तमन्त्रीका रूपमा निर्मला सीतारमणले लगातार आठौँपटक बजेट ल्याएकी हुन् ।