Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

पर्सामा दुई महिलाको उद्धार, बेचबिखन आरोपमा चार पक्राउ





वीरगञ्ज।

नेपाल–भारत सीमावर्ती क्षेत्रबाट प्रहरीले दुई महिलाको उद्धार गरेको छ । वीरगञ्ज महानगरपालिका–१६ भन्सारनजिक सञ्चालित एक होटलबाट प्रहरीले दुई महिलालाई उद्धार गरेको हो ।

इनर्वा प्रहरी चौकीबाट खटिएको टोलीले होटलमा खानतलास गरी ती महिलालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं सूचना अधिकारी सुवास भट्टले जानकारी दिए ।

उनले होटलबाट चारजनालाई नियन्त्रणमा लिएको पनि बताए । उनीहरूलाई मानव बेचबिखनमा संलग्न रहेको आरोपमा मान बेचबिखन तथा ओसारपसार (नियन्त्रणं ऐन २०६४ बमोजिम कसूरमा अनुसन्धान अगाडि बढाइएको भट्टले जानकारी दिए ।

पक्राउ पर्नेमा तीन नेपाली तथा एक भारतीय नागरिक छन् । नेपाली नागरिकमा बाराको जितपुर–सिमरा उपमहानगरपालिका– १४ घर भएकी ३८ वर्षीया मीराकुमारी महतो, महोत्तरी भंगहा नगरपालिका– २ की ३२ वर्षीया सुक्रान्ति चौधरी र ओखलढुंगा देयाले गाउँपालिका– ५ का ३३ वर्षीय दीपेश राई छन् । भारतीय नागरिकमा विहारका ३५ वर्षीय मनेजर राय छन् ।