Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सातामा २२०० रुपैयाँ बढ्यो सुनको मूल्य





काठमाडौ।

नेपाली बजारमा यो साता सुनको मूल्य तोलामा २ हजार २०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो शुक्रबार (माघ ११ गते) तोलामा १ लाख ६० हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुन यो शुक्रबार (माघ १८ गते) तोलामा १ लाख ६२ हजार ८०० रुपैयाँ कायम भएको हो ।

महासंघमा अनुसार साताभर मूल्य भने घटबढ भइरह्यो । जसअनुसार माघ १३ गते तोलामा १ लाख ६० हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुन माघ १४ गते १ लाख ६० हजार १०० रुपैयाँ कायम भयो ।

यस्तै १५ गते १ लाख ५९ हजार २०० रुपैयाँ कायम हुँदा १६ गते १ लाख ६० हजार ६०० रुपैयाँ कायम भयो ।

यसैगरी १७ गते १ लाख ६० हजार ५०० रुपैयाँ कायम हुँदा साताको कारोबारको अन्तिम दिन शुक्रबार भने तोलामा १ लाख ६२ हजार ८०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यस्तै यो साता चाँदीको मूल्य पनि बढेको छ । माघ ११ गते तोलामा १ हजार ८८० रुपैयाँ कायम भएको चाँदी त्यसपछि घटबढ हुँदै साताको अन्तिम दिन शुक्रबार १ हजार ९१८ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यसआधारमा सातामा सुनको मूल्य तोलामा ३५ रुपैयाँ बढेको छ ।