Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सातै प्रदेश र ७७ जिल्लाका सभापतिलाई पोखरामा डाकेर प्रशिक्षण दिंदै कांग्रेस





काठमाडौँ ।
नेपाली कांग्रेसले अबको रणनीति, पार्टीको आन्तरिक जीवन र गठबन्धन तथा सरकारको काम र पार्टी सुदृढीकरणका लागि पोखरामा सातै प्रदेश र देशभरका सभापतिलाई प्रशिक्षण तथा अभिमुखीकरण गर्ने भएको छ । पोखरा २० गतेदेखि २३ गतेसम्म पार्टी सुदृढीकरण र रणनीतिबारे कांग्रेसले कार्यक्रम राखेको हो ।
कांग्रेसको प्रशिक्षण प्रतिष्ठानको आयोजनामा २२ र २३ गते पोखरामा ७७ वटै जिल्लाका सभापति, ७७ वटै जिल्लाका प्रशिक्षण शाखा प्रमुख तथा उपसभापतिलाई राखेर प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम राखिएको छ ।
२० गते पोखरा महानगर सम्मेलन र २१ गते सातै प्रदेशका सभापतिसहितको छलफल राखिएको नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले जानकारी दिए । २० गतेदेखि नै कांग्रेस सभापति शेरबहादुर देउवादेखि केन्द्रीय पदाधिकारीहरु पोखरामा हुने छन् ।
‘केन्द्रीय सभापतिदेखि महामन्त्रीद्वयसहित पदाधिकारी, उपलब्ध केन्द्रीय सदस्य पोखरा हुनुहुनेछ । सभापति देउवा २० गते पोखरा आएर २२ गते बेलुकासम्ममा काठमाडौं फर्किने कार्यसूची छ,’ सभापति बरालले भने, ‘महामन्त्रीसहित पदाधिकारी २३ गतेसम्मै प्रशिक्षण कार्यक्रममा रहने तय भएको छ ।’
पार्टी महाधिवेशन, कार्यकर्ता तथा नेतृत्व निर्माण सरकारमा कांग्रेसको सहभागिता र रणनीतिदेखि आगामी चुनावसम्मको विषयमा प्रशिक्षण तथा अभिमुखीकरण हुने प्रतिष्ठानले जनाएको छ । कार्यक्रममा देशभरका करिब २ सय जनाभन्दा बढी सहभागी हुने सभापति बरालले जानकारी दिए ।