Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मधेसकेन्द्रित दलको कार्यदलको पहिलो बैठक आज बस्दै





काठमाडौं ।
मधेशकेन्द्रित आठ दलको कार्यदलको पहिलो बैठक आज बस्दैछ । हिजो बिहीबार सिंहदरबारमा बसेको मधेशकेन्द्रित दलको बैठकले कार्यदल बनाएको थियो ।
बिहीबार दिउँसो ३ बजे सिंहदरबारस्थित लोकतान्त्रिक समाजवादी पार्टीको संसदीय दलको कार्यालयमा बैठक बस्ने कार्यक्रम तय भएको छ । कार्यदलमा जसपाबाट इस्तियाक राई, जनमतबाट शरद सिंह यादव, जसपा नेपालबाट मनिष सुमन, नागरिक उन्मुक्तिबाट गंगाराम चौधरी, लोसपाबाट लक्ष्मणलाल कर्ण, राष्ट्रिय मुक्ति पार्टी केशव झा मेहता, जनता प्रगतिशीलबाट शिवजि यादव र लोसपाबाट ब्रजेश सिंह छन् ।
कार्यदलले साझा एजेण्डा तय गर्न मस्यौदा बनाउने, कार्यदलमा भएका विषय दलमा राख्ने, विधेयकमा समान धारणा लगातयका कार्य गर्ने निर्णय भएको थियो । कार्यदलले गरेका निर्णयमाथि सबै दलका अध्यक्षहरू बसेर थप निर्णय लिने बताइएको छ ।