Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

२७ वर्षअघि हराएका श्रीमान महाकुम्भमा भेटिए !





एजेन्सी ।
भारत, उत्तर प्रदेशको प्रयागराजमा जारी महाकुम्भ मेलामा विश्वका करोडौं मानिस आएका छन् । भिडभाडमा सँगै गएको कोही छुट्यो भने पुनः फेला पार्न निकै मुस्किल पर्छ ।
तर, मेलामा छुट्टिने मात्रै होइन कोही वर्षौं पहिले हराएकाहरू भेटिन्छन् पनि । एउटी महिलाले २७ वर्षअघि हराएका आफ्ना श्रीमान फेला परेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
एबीपी न्युजका अनुसार उनी झारखण्डकी धन्वा देवी हुन् । सन् १९९८ मा उनका श्रीमान् अचानक बेपत्ता भएका थिए । परिवारले उनलाई खोज्न हरसम्भव प्रयास गरे पनि फेला पार्न सकेको थिएन ।
तर, २७ वर्षपछि महाकुम्भ मेलामा उनले आफ्ना हराएका श्रीमान फेला पारेको समाचारमा उल्लेख छ । जसले सबैलाई चकित बनाएको छ ।
लाखौं भक्तजन र सन्तहरूको जमघट भएको प्रयागराजको महाकुम्भ मेलामा महिलाले अघोरी साधुलाई देखेकी थिइन्, जसको रूप अलिकति आफ्नो पतिजस्तो देखिन्थ्यो ।
शुरूमा उनले यो हो की होइन भन्ने ठानिन् । तर जब उनले नजिक आएर साधुको आँखामा हेरिन् उनी श्रीमान् गंगासागर यादव नै हुन् भन्ने विश्वस्त भइन् । अहिले यो भिडियोसमेत सामाजिक सञ्जालमा भाइरल भैरहेको छ ।
गंगासागर यादव अहिले राजकुमार बाबा भनेर चिनिन्छन् । तर, यो परिवारको दाबी मात्र हो, जसबाट परिवारले पछि हट्न अस्वीकार गरिरहेको छ ।