Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

ओखलढुंगाको हर्कपुरमा गाडी दुर्घटना हुँदा आमाछोरासहित ३ जनाको मृत्यु





ओखलढुंगा । 

गएराति ओखलढुंगाको हर्कपुरमा टाटासुमो दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ।

ओखलढुंगाको सिद्धिचरण राजमार्गमा पर्ने मानेभन्जयाङ ७ भँडारेखोला भन्ने ठाउँमा ना १ ज ६४२१ टाटासुमो दुर्घटना हुँदा आमाछोरासहित तीन जनाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय खोटाङका पहरी निरीक्षक सन्जु कार्कीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा खोटाङको केपीलाखगढी गाउँपालिका ३ की ५६ वर्षीया मायादेवी गुरुङ, उनका छोरा २८ वर्षीय पुजन गुरुङ र सोही ठाउँकी ४५ वर्षीया तारा गुरुङ छन्।

‘मृतक मायादेवी र पुजन आमा छोरा हुन्,’ इन्सपेक्टर कार्कीले नेपालखबरसँग भने, ‘तारा गुरुङ र उनीहरुबीचको नाता सम्बन्ध खुलिसकेको छैन।’

टाटासुमो सुनसरीको इनरुवा नगरपालिका २ का २२ वर्षीय अनिल पण्डितले चलाएका थिए। दुर्घटनापछि उनी फरार रहेका कार्कीले जानकारी दिए। प्रहरीले उनको खोजी गरिरहेको छ।

प्रहरीका अनुसार घरमै आगोले पोलेपछि तारा गुरुङ उपचारको लागि खोटाङ जिल्ला अस्पताल पुगेकी थिइन्। जिल्ला अस्पतालका चिकित्सकले थप उपचारको लागि उनलाई काठमाडौँ लैजान भनेपछि उनीहरु राति नै टाटोसुमो रिजर्भ गरेर काठमाडौँ आउँदै गर्दा दुर्घटनामा परेका प्रहरीले जनाएको छ।

गाडी सडकबाट झण्डै एकसय मिटर तल खसेको छ। दुर्घटना राति कतिबजे भयो, खुलिनसकेको प्रहरीले जनाएको छ।

‘हामीलाई बिहीबार बिहान सबा ८ बजेटिर मात्रै खबर आएको हो,’ कार्कीले भने, ‘त्यतिबेला प्रहरी टोली घटनास्थलमा पुग्दा तीनजनाको शव घटनास्थलमै थियो। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी छ।’