Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

नेपाल प्रहरीमा डिएसपीका ७५ दरबन्दी रिक्त





काठमाडौं ।
नेपाल प्रहरीमा प्रहरी नायव उपरीक्षक (डीएसपी)का ७५ दरबन्दी रिक्त भएका छन् । गत शुक्रबार मध्यराति प्रहरी प्रधान कार्यालय नक्सालले ३७ डीएसपीलाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवा सिफारिस गरेसँगै रिक्त डीएसपीको पदसंख्या ७५ पुगेको हो ।
यसअघि नेपाल प्रहरीमा ३८ डीएसपी रिक्त थिए । रिक्त डीएसपीको संख्या ७५ पुगेसँगै प्रहरी प्रधान कार्यालयले इन्सपेक्टरबाट डीएसपी बढुवाको तयारी सुरु गरेको छ । अहिले डीएसपी बढुवाको मुख्य प्रतिस्पर्धामा २०७० मा इन्सपेक्टरमा भर्ना भएका टोलीहरु प्रतिस्पर्धामा छन् ।
२०७० मा इन्सपेक्टरमा भर्ना भएका १४४ जनामध्ये यो ब्याचका अझै ७९ जना भने इन्सपेक्टरमै छन् । २०७० को ब्याचबाट यसअघि दुई लटमा डीएसपी बढुवा भइसकेको छ ।
पहिलो लटमा २२ जेठ २०८० मा २०७० को ब्याचका ४६ जना डीएसपीमा बढुवा भएका थिए । त्यतिबेला पहिलो नम्बरमा रन्जन अवा, दोस्रो नम्बरमा कमल बेल्वासे, तेस्रो नम्बरमा यमकुमार श्रेष्ठ गरी ४६ जना डीएसपीमा बढुवा भएका थिए ।
यही ब्याचको दोस्रो लटको रुपमा २२ चैत २०८० मा थप १९ जना डीएसपी बढुवाका लागि सिफारिस भएका थिए । यो ब्याचका अझै ७९ जना भने इन्सपेक्टरमै कार्यरत छन् । उनीहरुबाटै अब डीएसपी बढुवा निकाल्ने प्रहरी हेडक्वाटरको तयारी छ ।
यो ब्याचमा ७९ जना प्रतिस्पर्धी भए पनि डीएसपीको ७५ पदमात्रै खाली छ । जसकारण २०७० को ब्याचका ४ अधिकृतहरु तेस्रो लटको बढुवामा छुट्ने निश्चित छ ।