Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

स्टिभ स्मिथ बने टेस्ट क्रिकेटमा १० हजार रन पूरा गर्ने १५औँ खेलाडी





एजेन्सी ।
अस्ट्रेलियन क्रिकेटर स्टिभ स्मिथले टेस्ट क्रिकेटमा १० हजार रन पूरा गरेका छन् । श्रीलंकासँग बुधबारदेखि सुरू भएको पहिलो टेस्ट खेल्दै गर्दा उनले टेस्ट करियरमा १० हजार रन पूरा गरेका हुन् ।
उनी १० हजार रन पूरा गर्ने समग्रमा १५औं ब्याट्समैन हुन् भने यो उपलब्धि हासिल गर्ने चौथो अस्ट्रेलियन खेलाडी हुन् । यसअघि रिकी पोन्टिङ, एलन बोर्डर र स्टिभ वाले अस्ट्रेलियाका लागि १० हजार रन कटाएका छन् ।
३६ वर्षीय स्मिथले ११५ टेस्ट खेल्दा ३४ शतक र ५० अर्धशतकसहित १० हजारभन्दा धेरै रन बनाएका छन् । उनको औसत पनि ५५ भन्दा माथि छ । अहिलेको सक्रिय क्रिकेटरमध्ये टेस्टमा राम्रो औसत भएकामध्ये एक ब्याट्समैन हुन् ।
गत डिसेम्बरमा भएको भारतसँगको टेस्ट सिरिजमै उनका लागि यो उपलब्धि हासिल गर्ने मौका थियो तर उक्त सिरिज सकिँदा उनी ९९९९ रनमै रोकिएका थिए ।