Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको अपिल– संगम नोजमा नजानु





एजेन्सी ।
प्रयागराजस्थित कुम्भ मेलामा भागदौड मच्चिएपछि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भक्तहरूलाई संगम नोजमा नजान अपिल गरेका छन् ।
मुख्यमन्त्री योगीले त्यहाँ पुग्ने प्रयास नगर्न र आफू रहेकै घाटमा स्नान गर्ने प्रयास गर्न आग्रह गरेका छन् । बीबीसी हिन्दीका अनुसार मंगलबार अबेर राति अर्थात् बुधबार बिहान भागदौड संगम नोजनजिकै भएको थियो ।
भारतीय सञ्चारमाध्यमहरूले भागदौडमा मृत्यु हुनेको संख्या फरक–फरक लेखिरहेका छन् । हिन्दुस्तान टाइम्सले भने कम्तीमा १५ जनाको मृत्यु भएको उल्लेख गरेको छ । संगम नोज प्रयागराजमा स्नानका लागि सबैभन्दा महत्वपूर्ण स्थान मानिन्छ । यहीँ यमुना र पौराणिक सरस्वती नदी मिसिन्छन् । भक्तजनहरूले यस स्थानमा स्नानलाई सर्वोच्च महत्व दिन्छन् ।
कुम्भमा यति ठूलो भीडलाई ध्यानमा राख्दै नदी किनारमा ठाउँ बढाइएको छ ताकि प्रत्येक घण्टा दुई लाख भक्तजनले स्नान गर्न सकून् । पहिले प्रतिघण्टा ५० हजार मानिस नुहाइरहेका थिए ।
संगमबाट आएको रिपोर्टअनुसार ठूलो भीड संगमतिर आउन थालेपछि अराजकता सुरु भयो । त्यहाँ उपस्थित प्रहरी बललाई परिस्थिति सम्हाल्न गाह्रो भयो । जसले गर्दा भागदौड मच्चियो ।