Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

‘शहीद दुर्गानन्द झाले पुर्याएको योगदान अनुरुप समाज र सरकारले मुल्यांकन गर्न सकेन’ (फोटो फिचर)





जनकपुरधाम ।
नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापनाकालागि शहीद दुर्गानन्द झाको योगदान अतुलनीय रहेको एक कार्यक्रममा वक्ताहरुले बताएका छन् । शहीद दुर्गानन्द झाको ६१औँ स्मृति दिवसको अवसरमा शहीद दुर्गानन्द झा.अनुसन्धान तथा सेवा केन्द्रले आयोजन गरेको ‘लोकतन्त्रमा दुर्गानन्द झा’को योगदान विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले नेपाललाई लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थासम्म ल्याउन शहीद झाले पुर्याएको योगदानको जति चर्चा गरिएपनि कम हुने वक्ताहरुले बताए ।
वक्ताहरुले राजा महेन्द्रको क्रुर शासनको बेलामा उहाँमाथि नै बम प्रहार गरेर गणतन्त्रको उदघोष गर्ने महान शहीद दुर्गानन्द झाको योगदानबारे मञ्चमा चर्चा गर्नु सम्भव नरहेको बताएका थिए । संस्थाका अध्यक्ष शम्भूनाथ झाको अध्यक्षतामा एवं आन्दोलनकारी रामप्रसाद गिरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वक्ताहरुले शहीद झाले पुर्याएको योगदान अनुरुप समाज र सरकारले उहाँको मुल्यांकन गर्न नसकेको गुनासो गरेका थिए ।
कार्यक्रममा आम संचार प्राधिकरण मधेशका अध्यक्ष श्यामसुन्दर यादवले ‘लोकतान्त्रिक संघर्षमा शहीद सम्राट दुर्गानन्द झा’ विषयक कार्यपत्र समेत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साह, जनकपुरधामका पूर्व मेयर बजरंग प्रसाद साह, लोकतान्त्रिक आन्दोलनकारी ललन चौधरी, मधेश आन्दोलनका जिउँदो शहीद दिनेश पूर्वे, लगायतका वक्ताहरुले शहीद झाको योगदान बारे चर्चा गरेका थिए । कार्यक्रममा दिगम्बर झा दिनमणि, काशीकान्त झा, विन्दु ठाकुर, अस्मितारानी ठाकुर लगायतका कविहरुले वीररसका कविता वाचन गरेका थिए ।

फोटोः आदर्श साह