Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जब जँड्याहा पतिबाट दिक्क भएका दुई महिलाले गरे आपसमा बिहे !





छिमेकी मुलुक भारतको गोरखपुरमा एउटा अनौठो घटना भएको छ । रक्सी धोकेर घरमा भाँडभैलो मच्चाउने आफ्ना जँड्याहा लोग्नेहरुबाट आजित भएका दुई महिलाहरुको कथा र व्यथा मात्र होइन मन नै मिलेपछि उनीहरुले घरबाट भागेर एक आपसमा बिहे गरेका छन् ।

इन्स्टाग्रामबाट चिनाजानी भएका कविता र गुन्जाले सोसल मिडियामै कुराकानी हुँदा एक अर्काको कहानी समान भएको पाए। उनीहरु दुवैजना आफ्नो लोग्नेको रक्सीको कुलतका कारण निकै समस्यामा थिए।

एक अर्काबीच आ-आफ्ना कथा व्यथा शेयर गर्दागर्दै उनीहरु नजिकिए । त्यसपछि उनीहरु जँड्याहा लोग्नेहरुलाई छाडेर घरबाट निस्किने र एक आपसमा बिहे गरेर घरजम गर्ने निधोमा पुगे ।

कविता र गुन्जा उर्फ बब्लुको देओरियास्थित छोटी काशी मन्दिरमा बिहे भयो। त्यसक्रममा गुन्जा बेहुलो बनिन् । दुवैले एक अर्कालाई माला लगाइदिए र ५ पटक मन्दिरको परिक्रमा गरी जिवनभर सँगै जिउने कसम खाए ।

मन्दिरका पुजारी उमा शंकर पाण्डेका अुनसार ती दुई महिलाले फूलमाला तथा सिन्दुर किने, विवाहको विधि पूरा गरे र त्यहाँबाट बाहिरिए ।

उनीहरुले अब गोरखपुरमा गएर कोठा भाडामा लिएर बस्ने र दाम्पत्य जिवन सँगै बिताउने निर्णय गरेका छन्।

एजेन्सीको सहयोगमा