

काठमाडौं ।
सरकारले हालै जारी गरेको अध्यादेश फास्ट ट्रयाकमा पारित गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले सरकारले सिफारिस गरेर राष्ट्रपतिले जारी गरेको अध्यादेश फास्ट ट्रयाकमा पारित गर्ने निर्णय भएको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरूङ बताए ।
उनले अध्यादेश कार्यान्वयन गराउनेको लागि नियमावली बनाउने काम भइरहेको बताए । उनले सरकारले अध्यादेश ल्याउन पाउनु संवैधानिक अधिकार भएको बताए ।
उनले भने, ‘सुशासन प्रवद्धन र अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्नको लागि अध्यादेश ल्याएको हो । अध्यादेश संसद् छलेर भागेका छैनौं । संसदमा दर्ता भइसकेको छ । छलफल गरेरै पारित हुन्छ । विपक्षीले संसद छल्ने बद्नियत भनेपछि हाम्रो त्यस्तो छैन ।’
