Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

भारतको दिल्लीमा ४ तले भवन भत्कियो, एक बालिकाको शव भेटियो





एजेन्सी ।
भारत नयाँदिल्लीको बुराडी क्षेत्रमा चार तले भवन भत्किँदा कयौं मजदुरहरु फसेका छन् ।
सोमबार साँझ करिब सात बजे भवन भत्किएको खबर दिल्ली प्रहरीले पाएको थियो । लगत्तै दमकल र एम्बुलेन्ससहित उद्धार टोली खटिएको थियो ।
उद्धार टोलीले पुरिएको अवस्थामा एक आठ वर्षीया बालिकालाई मृत फेला पारेको जनाएको छ । १२ जनालाई बचाइएको र अझै १५–२० जना फसेको हुनसक्ने अनुमान गरिएको दिल्ली प्रहरीले जनाएको छ ।
यसैबीच दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवालले घटनामा दुःख व्यक्त गर्दै सांसद संजिव झाको नेतृत्वमा खोज, उद्धार र राहत वितरणको काममा प्रशासनलाई सघाउन निर्देशन दिएका थिए ।