Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

भारत–चिन कैलाश मानसरोवर यात्रा पुनः शुरु गर्न सहमत





एजेन्सी ।
भारत र चीनबीच कैलाश मानसरोवर यात्रा पुनः सुरु गर्ने सहमति भएको छ । भारतीय विदेश सचिव विक्रम मिस्रीको दुई दिने चीन भ्रमणको क्रममा उक्त सहमति भएको हो । सहमति अनुसार भारत–चीन बीच सीधा हवाई सेवा पनि छिट्टै सुरु गरिने छ ।
भारतीय विदेश मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै सहमति भएका विषयबारे जानकारी दिएको छ । विज्ञप्तिमा लेखिए अनुसार भारतीय विदेश सचिव मिस्री र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्तापछि ६ बुँदे सहमति भएको छ ।
नदीसँग सम्बन्धित जलविज्ञान तथ्यांक र अन्य सहयोग आदान–प्रदानका लागि छिट्टै विशेषज्ञस्तरीय बैठक बस्न पनि दुवै देशका अधिकारीहरु सहमत भएका छन् । साथै मिडिया र थिंक ट्यांकबीचको छलफल तथा भ्रमणलाई बढावा दिने सहमति पनि भएको छ ।
कैलाश मानसरोवर यात्रा र दुई देशबीच सीधा हवाई सेवा सन् २०२० देखि बन्द छ । सीमा विवादका कारण सम्बन्ध बिग्रिएपछि र कोभिड महामारी त्यसको कारण थियो । सन् २०२० मा गलवान क्षेत्रमा भारत र चीनका सैनिकबीच झडप भएपछि सम्बन्ध बिग्रिएको थियो ।