

जनकपुरधाम ।
धनुषाको धनुषाधाममा एक महिलाको उसकै श्रीमानले हत्या गरेको छ । धनुषाको धनुषाधाम नगरपालिका वडानम्बर ५ पर्वताकी २९ वर्षीया संगीता ठाकुरको हत्या उनकै श्रीमानले गरेको प्रहरीले जनाएको छ ।
ठाकुरलाई उनको श्रीमान ३३ वर्षीय देवलाल ठाकुरले शनिबार राति २ बजे हत्या गरेको जिल्ला प्रहरी कार्यालयका धनुषाका प्रहरी नायव उपरीक्षक बरुणबहादुर सिंहले जानकारी दिए । प्रहरी नायव उपरीक्षक सिंहका अनुसार देवलालले ढोकामा लगाउने आग्लोले हानेर श्रीमतीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । राति घरायसी विवाद भएपछि देवलाल एकाएक श्रीमतीमाथी आग्लोले प्रहार गरेका थिए ।
