Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

हाइसभित्र बेहोस भएका यात्रुको उपचारको क्रममा मृत्यु





गुल्मी ।

हाइसभित्रै बेहोस भएका एक यात्रुको उपचारको क्रममा मृत्यु भएको छ । बागलुङ जिल्ला बडिगाड गाउँपालिका वडानम्बर– ५ निवासी ३६ वर्षीय बुद्ध परियारको मृत्यु भएको हो ।

परियार बुटवलबाट बाग्लुङतर्फ जाँदै गरेको लु. १ज २५१ नम्बरको हाइसमा सवार उनी गुल्मीको सत्यवती गाउँपालिकाको वडा नम्बर ७ चोरकाटे भन्ने पुग्दा एक्कासी बेहोस भएका थिए । त्यसपछि उनलाई जोहाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो ।

त्यहाँ उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी ) राजन भुजेलले जानकारी दिए । प्रहरीले हाइस चालक र सहचालकलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको एसपी भुजेलले बताए ।