Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

ट्रम्पले रोके अमेरिकामा गर्भपतनका लागि दिइने सरकारी सहायता





एजेन्सी ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्भपतनका लागि दिइने सरकारी सहायता रोक्न कार्यकारी आदेश जारी गरेका छन् । गर्भपतनका लागि राज्यबाट सहायता दिने प्रावधानलाई हाइड संशोधन भनिन्छ । यो पहिलोपटक १९८० मा लागू गरिएको थियो । यद्यपि, त्यसबेलादेखि यसमा धेरै पटक सुधार गरिएको छ ।
यसअघिका राष्ट्रपति जो बाइडेनले यो कानुन खारेज गर्ने प्रयास गरेका थिए तर असफल भए । ट्रम्पले जारी गरेको कार्यकारी आदेशमा बाइडेन प्रशासनले यसलाई धेरै हदसम्म बेवास्ता गरेको आरोप लगाइएको छ ।
यो कानुनले प्रायः सरकारी चिकित्सा कार्यक्रमअन्तर्गत कम आय भएका महिलाका साथै सैन्य र सरकारी कर्मचारीलाई असर गर्छ । सर्वोच्च अदालतका लागि चयन गरिएका ट्रम्पको एक न्यायाधीशले दशकौँ पुरानो कानुन खारेज गर्दै भने– अमेरिकामा गर्भपतन नीति राज्यहरू आआफ्नै निर्धारण गर्नुपर्छ ।