Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मधेस भवन अगाडी भएको मोटरसाइकल दुर्घटनामा परेर भौतिक मन्त्रालयका एक कर्मचारीको मृत्यु





जनकपुरधाम ।
जनकपुरधामस्थित मधेस भवन अगाडी भएको मोटरसाइकल दुर्घटनामा परेर भौतिक पूर्वाधार मन्त्रालयका चालकको मृत्यु भएको छ । दुई वटा मोटरसाइकल आपसमा ठोकिदा पूर्वाधार मन्त्रालयका चालक ५० वर्षिय देवेन्द्र यादवको मृत्यु भएको हो ।
मृतक यादव लक्ष्मिनीया गाउँपालिका वडा नम्बर १ सोहनीका थिए । बिहान कार्यालय आउन लाग्दा मधेस भवन अगाडि विपरीत दिशाबाट विद्यार्थीले चलाएरको मोटरसाइकले ठक्कर दिँदा पूर्वाधार मन्त्रालयका चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक बरुणबहादुर सिंहले बताए ।
टाउकोमा चोट लागेर गम्भीर घाइते भएका यादवलाई अस्पतालमा लैजाँदै गर्दा मृत्यु भएको हो । मृतक यादव सवार ज १ ब ७५५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको मधेस प्रदेश २–०२–००४ प ८१९६ नम्बरको मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ । ठक्कर दिने मोटरसाइकलको चालकसंग चालक अनुमति पत्र नरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने मोटरसाइकल चालकसहित २ जना प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ ।