

९७ औं अस्कर अवार्डका लागि मनोनयनको घोषणा गरिएको छ। बिहिबार राति २३ विधामा मनोनयन सार्वजनिक गरिएको हो।
जसमा फिल्म ‘एमिलिया पेरेज’ सर्वाधिक १३ विधामा मनोनयन भएको छ। त्यसैगरि, ‘द ब्रुटालिस्ट’ र ‘विकेड’ समान १० विधामा छनोट भएका छन्। ‘अ कम्प्लिट अननन्’ र ‘कन्क्लेभ’ समान ८ विधामा छानिएका हुन्।
यसपटक एसियाका फिल्म भने कुनैपनि विधामा छनोट भएका छैनन्। यद्धपी, हिन्दी भाषामा बनेको भारतीय-अमेरिकी फिल्म ‘अनुजा’ ले उत्कृष्ट लाइभ एक्सन सर्ट फिल्मको विधामा स्थान पाएको छ।
यस फिल्मलाई भारतीय अभिनेत्री प्रियंका चोपडा र गुनीत मोंगाले संयुक्त रूपमा निर्माण गरेका हुन्। यस विधामा १८० फिल्ममध्ये ५ मात्र मनोनयनमा परेका छन्। फिल्म १७ अगस्ट २०२४ मा रिलिज भएको थियो। विशेष कुरा के छ भने फिल्मको मूल भाषा हिन्दी हो।
हलिउडमा फैलिएको डढेलोको कारण अस्करको मनोनयन घोषणा २ पटक सारिएको थियो। मार्च २ मा अस्कर अवार्ड समारोह आयोजना गरिने बताइएको। विगत केही वर्ष झैँ यसपटक पनि लस एन्जलसमा समारोह आयोजना गरिने भएको छ।
